लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ: मुख्यमन्त्री आचार्य
रूपन्देही। लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट’ (बीआईटीएम) का लागि लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभएको छ ।
२०८२ जेठ ९, १० र ११ गतेका दिन लुम्बिनीमा आयोजना हुने मार्ट सञ्चालन गर्ने भन्ने विषयमा नेपाल एशोयिसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) का अध्यक्ष सहित पदाधिकारीहरूले लुम्बिनीका मुख्य मन्त्री चेत नारायण आचार्यलाई संयुक्तरूपमा भेट घाटका क्रममा उहाँले पर्यटन क्षेत्रलाई प्राथमिकतामा प्रदेश सरकारले राख्ने र ट्राभल एजेन्सीहरूले पर्यटन मैत्री सेवा दिनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले नीति तथा कार्यक्रममा राख्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका सदस्य तथा होटल व्यवसायी महासङ्घ, नेपालका केन्द्रीय उपमहासचिव राजेश मलहोत्राले लुम्बिनीका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा बीआईटीएमको कार्यक्रम केन्द्रित हुने बताउंदै प्रदेश सरकारको सहयोगको अपेक्षा गरेको बताउनुभएको थियो ।
बुद्धिस्ट साइडहरूमा विदेशी ट्राभल्सहरूको सहभागितामा फार्म ट्रिप, विज्ञहरूबिच प्यानल डिस्कसन अनि लुम्बिनी क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचार गर्ने गरी नाट्टाको अगुवाइमा हुने बीर्आटीएम उपलब्धिमूलक गराउन सबैको सहकार्य जरुरी रहेको मुख्यमन्त्रीलाई नाट्टा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष सागर अधिकारीले जानकारी गराउनुभएको थियो ।
लुम्बिनीमा आयोजना हुने बीआईटिएम सफल गराउन प्रदेश स्तरीय समिति पनि गठन गरिएको नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्रबहादुर थापाले बताउनुभयो । यसअघि पहिलो र दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट सम्पन्न भएको अध्यक्ष थापाले मुख्य मन्त्री चेत नारायण आचार्यलाई अवगत गराउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्