तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल पुलिस क्लब मकवानपुर महिला गोल्डकपको फाइनल प्रवेश 

मकवानपुर।  नेपाल पुलिस क्लब हेटौँडामा जारी मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । 

हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरीटार रङ्गशालामा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले चितवन फुटबल सङ्घलाई ७–० को विशाल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

पुलिसका तर्फबाट मीना देउवा र निर्मा उपाध्यायले समान तीन–तीन गोल गर्दै ह्याट्रिक पूरा गरे। देउवाले खेलको २१औँ, ४०औँ र ५९औँ मिनेटमा गोल गरिन् भने उपाध्यायले ३४औँ, ६६औँ र ८०औँ मिनेटमा गोल गर्दै टोलीलाई सशक्त बनाइन्। 

उत्कृष्ट प्रदर्शन गरेकी मीना देउवा ‘प्लेयर अफ द म्याच’ घोषित भइन् र उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

अब पुलिस क्लबले उपाधिका लागि बिहीबार दोस्रो सेमिफाइनल खेलको विजेता—एपीएफ क्लब वा सङ्कटा क्लबमध्ये एकसँग भिड्नेछ। 

प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र पाउनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button