सहिद स्मारक ‘बी’ डिभिजन लिग : भगवती क्लबको सहज जित
काठमाडौँ । श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आइतबार नयाँबस्ती युथ क्लबमाथि ३–० को सहज जित निकालेको छ ।
जितसँगै दोस्रो स्थानको भगवतीले लिग लिडर प्लानिङ ब्वाइज युनाइटेडसँगको अंक घटाएर एकमा पुर्याएको छ । भगवतीको सात खेलबाट १७ अंक पुगेको छ । एक खेल कम खेलेको प्लानिङ ब्वाइजको १८ अंक छ । यता पराजित नयाँबस्ती भने सात खेलबाट पाँच अङ्कका साथ रेलिगेसन क्षेत्रमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भगवतीलाई जित दिलाउन दिवश छन्त्याल, अमित लामा र विक्रान्त नरसिंह रानाले गोल गरे ।
प्रतिक्रिया राख्नुहोस्