बाजुराको नाटेश्वरी मन्दिरमा दर्शनार्थीको भिड(फोटो फिचर)
बाजुरा। चैते दसैँको अवसरमा बाजुरा स्थित नाटेश्वरी मन्दिरमा दर्शनार्थीको भिड लागेको छ।

जिल्लाकै महत्वपूर्ण सुप्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित नाटेश्वरिमा दुर्गा भवानीको पूजा उपासना गरिने गरिन्छ । चैते दसैँमा नाटेश्वरि मन्दिरमा विशेष पूजाआराधना हुने भएकाले टाढा–टाढाबाट बलीका लागि बोका बोकेर हजारौँको सङ्ख्यामा भक्तजनहरू आउनुभएको छ ।

चैतको नवरात्रमा नाटेश्वरिमा पूजाआराधना र बलि दिइँदा मनले आँटेको पुग्ने जनविश्वास छ । बाजुराको मुख्य शक्ति पीठका रूपमा मन्दिरमा अहिले भक्तजनको भीड लागेको नाटेश्वरी मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

भक्तजनको चापलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरिले बताउनुभयो ।

जिल्लाको त्रिवेणि नगरपालिका-७ मा अवस्थित ऐतिहासिक नाटेश्वरी मन्दिर बडिमालिका पछिको दोस्रो ठूलो धार्मिक एवम् पर्यटकीय स्थल हो।नाटेश्वरीमा निर्माण भएको भव्य मन्दिरको राष्ट्रपति रामचन्द्र पौडेलले गएको कार्तिक १ गते एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्