तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा १ सय ३३ औँ मासिक मैथिली भाषाका कवि गोष्ठी सम्पन्न 

जनकपुरधाम । मैथिली भाषा, साहित्य तथा संस्कृतिको जगेर्ना तथा सामाजिक विकृति एवं विसङ्गतिलाई उजागर गर्ने उद्देश्यबाट जनकपुरधाममा मासिक रुपमा आयोजना हुँदै आएको कवि गोष्ठीको १ सय ३३ औँ शृङ्खला सम्पन्न भएको छ । 

मैथिली साहित्य समाजको आयोजनामा मासिक रुपमा हुँदै आएको कवि गोष्ठीले यतिका महिनासम्म निरन्तरता पाएकोमा सहभागीहरूले खुशी व्यक्त गर्दै यसलाई गिनीज बुक अफ वर्ड रेकर्डमा दर्ज गराउनका लागि सुझाव दिएका छन् । 

oplus_2

१ सय ३३ औँ शृङ्खलाको कवि गोष्ठीमा बोल्दै नेकपा एमाले मधेश प्रदेश सभाका उपनेता दिपेन्द्र ठाकुरले यतिको लामो समयसम्म कवि गोष्ठीको आयोजना गरेर विश्व रेकर्ड कायम गर्नमा सफल हुनुभएका संस्थाका अध्यक्ष एवं प्रसिद्ध कवि काशीकान्त झालाई बधाई दिँदै यसको निरन्तरताको कामना गर्नुभयो ।  

साहित्यकार एवं पुराना वामपन्थी नेता शीतल झाको अध्यक्षतामा भएको सो कवि सम्मेलनमा वरिष्ठ साहित्यकार अयोध्याना चौधरी, डा. रेवतीरमणलाल दास, जिल्ला समन्वय समितिका धनुषाका पूर्ण उपप्रमुख दिपक झा सहितका वक्ताहरूले शुभकामना दिनुभएको थियो । 

मासिक कवि गोष्ठीका योजनाकार प्रसिद्ध कविहरू काशीकान्त झा, साहित्यकार एवं सङ्गीतकार सुनिल मल्लिक, डा. विरेन्द्र कुमार झा, प्रमोदानन्द झा, डा. गायत्री झा, धिरेन्द्र झा मैथिल, श्रीमती पुनम झा, फुलेन्द्रलाल कर्ण, विजय यादव र वैद्यनाथ पासवान सहितका ६० जनाले कवि–कवयित्रीहरूले कविता वाचन गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button