वर्षाका कारण रोकिएको डडेल्धुरा महोत्सव पुनःसुरु

डडेल्धुरा । डडेल्धुरामा जारी सुदूरपश्चिम प्रदेश स्तरीय कृषि पर्यटन, कला, संस्कृति र औद्योगिक व्यापार मेला एवम् डडेल्धुरा महोत्सव पुनः सुरु भएको छ ।
बिहीबार र शुक्रबार वर्षाका कारण रोकिएको महोत्सव मौसममा सुधार आएपछि शनिबारदेखि पुनः सुरु भएको आयोजक राष्ट्रिय सङ्गीतकर्मी संघ डडेल्धुराले जनाएको छ ।
डडेल्धुराको दिगो विकास अर्थतन्त्रको आधार, कृषि पर्यटन उद्योगको पूर्वाधार भन्ने मुल नाराका साथ सङ्घको आयोजनमा फागुन १२ गतेदेखि जिल्ला सदरमुकाममा रहेको खुल्ला मञ्च टुँडिखेलमा महोत्सव आयोजना भइरहेको थियो ।
राष्ट्रिय सङ्गीतकर्मी संघ डडेल्धुराका अध्यक्ष गणेश केसीले मौसममा सुधार आएकाले शनिबार पनि केही प्रस्तुतिहरू राखिएको र आइतबार देउडा गायक लालबहादुर धामी अछामी बड्डो, गायिका रमिला नेपालीलगायतका कलाकारहरूको प्रस्तुतीकरण रहने बताउनुभयो ।
महोत्सव फागुन २२ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने आयोजक राष्ट्रिय सङ्गीतकर्मी संघ डडेल्धुराले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्