तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा (दार्चुला)  । महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।

पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले  जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा बिहानैदेखि तराइबाट जिल्ला सदरमुकामका लागी छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधन बाटोमै थन्किएका छन् । 

यात्रु बाटोमै अलपत्र परेका  महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले  जानकारी दिनुभयो । सोही ठाउँमा गत माघ दोस्रो साता पनि पहिरो गएको थियो । उक्त ठाउँमा केही समयअघि सडक मर्मत सम्भार  गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button