महान्यायाधिवक्ताको कार्यालयले दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्दै
काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले डिजिटल माध्यमबाट हुने अपराधको अनुसन्धान, अभियोजन र नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यले डिजिटल अपराध सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्दैछ ।

फागुन १५ र १६ गते काठमाडौँमा हुने सम्मेलनमा विभिन्न १३ देशका सरकारी वकिल, कानुनविद् र न्याय सम्पादनसँग सम्बन्धित निकायका उच्च अधिकारीहरूको सहभागिता रहने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले सम्मेलनबारे जानकारी दिन आज काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता रमेश बडालले डिजिटल माध्यम दुरुपयोग गरी यौनजन्य हिंसा र वित्तीय अपराधका घटनाहरू विश्वव्यापी रुपमा बढ्दै गएकोले यसको नियन्त्रणका लागि विभिन्न देशका अुनभव साटासाट गर्न लागेको बताउनुभयो ।
डिजिटल अपराध नियन्त्रणका लागि कानूनी अभाव र जटिलताका कारण अभियोजन भएका मुद्दाहरूमा सफलता दर न्यून रहने गरेको हुनाले कानुनी सुधारका लागि समेत सम्मेलन फलदायि हुने महान्यायाधिवक्ता बडालले विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्