तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल, भारत, चाइना एक्सपो सोमबारबाट सुरु हुने

पोखरा । पर्यटनको राजधानी पोखरामा भोलि (सोमबार) देखि नेपाल, भारत, चाइना एक्सपो २०२५ हुने भएको छ । 

पोखरासहित नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा उक्त कार्यक्रम हुने कार्यक्रम संयोजक सुनिल भट्टराईले बताउनुभयो । 

प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरको आयोजनामा हुने उक्त कार्यक्रममा सहभागी हुन नेपाल सहित भारत र चाइनाबाट क्रेताहरू, विक्रेताहरू, सञ्चारकर्मी र विज्ञ वक्ताहरू लगायत पर्यटनसँग सम्बद्ध सरोकारवालाहरू पोखरामा आइसक्नुभएको एसोसिएसनका सदस्य एवं कार्यक्रम संयोजक भट्टराईले जनाउनुभयो । 

पोखराको वुलौदी स्थित पोखरा इभेण्ट सेन्टरमा सोमबार बिहान ८ः३० बजेदेखि अनौपचारिक रुपमा कार्यक्रम सुरु हुने भएको छ भने बेलुका ६ः०० बजेपछि उक्त कार्यक्रमको नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेबाट उद्घाटन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । 

उक्त कार्यक्रममा मित्र राष्ट्र भारत र चाइना सहित नेपालका गरी करिब ५ सय जनाको सहभागिता हुने भएको आयोजकले दाबी गरेको छ । विश्व पर्यटन इतिहासमै पहिलो पटक तीन वटा मुलुक समावेश भई आयोजना गरिने “नाईस” सम्भवतः पहिलो पर्यटन मेला हुने उहाँको दाबी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button