जिल्ला अदालतको आदेश विरुद्ध छविलाल बन्जाडे उच्च अदालतमा
रुपन्देही । रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पूर्व डिआइजी छविलाल जोशीले आदेश विरुद्ध उच्च अदालत बुटवलमा निवेदन दर्ता गर्नुभएकाे छ ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/CHhABILAL-JOSHI-1024x606.jpg)
रुपन्देही जिल्लाको सुप्रिम सहकारीमा रकम अपचलन गरेको भन्दै पूर्व डिआइजी छविलाल जोसी बन्जाडेलाई जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वसिष्ठ कुमार घिमिरेको इजलासले सोमबार पुर्पक्षका लागि कारागारमा पठाउने आदेश दिएको थियो ।
अदालतको आदेश विरुद्ध छविलालका छोरा रोचक जोशीले उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा निवेदन दर्ता गराएको उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरले जानकारी दिनुभयो ।
आज सुनुवाइमा उच्च अदालत बुटवलका १ नम्बर न्यायधीश राजेश्वर तिवारीको इजलासमा परेको उच्च अदालत तुल्सीपुर, बुटवलका सूचना अधिकारी राम बहादुर कुवरले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्