दुई तिहाइको सरकारले अध्यादेशको बाटो रोज्नु गलत : अध्यक्ष प्रचण्ड
जनकपुरधाम । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन १२ गतेदेखि तराई मधेशमा जनजागरण अभियान शुरु गर्न लागेको बताउनुभएको छ ।
अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै माओवादीको जनजागरण अभियान भाषण र सभामा मात्र केन्द्रित नभएर बुद्धिजीवी, नागरिक समाजका अगुवा, पत्रकार तथा जनतासँग प्रत्यक्ष रुपमा छलफल र संवाद गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
उहाँले, वर्तमान सरकारले ल्याएको अध्यादेशले राष्ट्रिय सभाबाट पारित हुनेमा आशङ्का व्यक्त गर्नुभयो । साथै संसद् चल्नु भन्दा ६ दिन अगाडि सरकारले अध्यादेश ल्याउनु नै गलत रहेको दाबी गर्दै दुई तिहाइको सरकारले अध्यादेशको बाटो रोज्नु नै गलत रहेको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले देशमा सुशासन स्थापना गर्न नसक्ने दाबी गर्दै सरकारको गठन नै सुशासन र भ्रष्टाचारको विरुद्धमा भएको आरोप लगाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्