तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सभालाई जिम्मेवार बनाउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण 

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाको गतिविधि जनता समक्ष लानमा पत्रकारहरूको अहम् भूमिका हुने बताउनु भएको छ । 

सभामुख रामचन्द्र मण्डलले नव गठित संसदीय पत्रकार समाज जनकपुरधामका पदाधिकारीहरूसँगको आज भएको भेटघाटमा बोल्दै सो कुरा बताउनु भएको हो ।

उहाँले प्रदेश सभाका सबै गतिविधिहरू जनता समक्ष पारदर्शी रुपमा लानु पर्ने पक्षमा प्रदेश सभा भएकाले संसदीय पत्रकार समाजका पत्र कारहरूसँग प्रदेश सभाले सबै प्रकारको सहकार्य गर्नका लागि तयार भएको बताउनु भयो । 

सभामुख मण्डलले कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकाको कामकाजलाई पारदर्शी र जिम्मेवार बनाउनमा पत्रकारिता क्षेत्रको अहम् भूमिका हुने भएकाले मधेश प्रदेशमा गठन भएको समाजले संसदीय मर्यादा बढाउनका लागि अहम् भूमिका खेल्ने बताउनु भयो । 

मधेश प्रदेशका प्रदेश सभा सचिवालयका सचिव बासु कोइरालाले संसदीय अभ्यासलाई पारदर्शी तथा मर्यादित बनाउनमा संसदीय पत्रकार समाजले राम्रो भूमिका खेल्ने बताउनुभयो । सो कार्यक्रममा नव गठित समाजका अध्यक्ष विरेन्द्र रमण, सचिव विकास साहले बोल्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button