तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा सांसदद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक बहिष्कार गरेका छन् ।

काठमाडौँ, १८ माघः प्रतिनिधिसभाको शुक्रबार बसेको हिउँदे अधिवेशनको पहिलो दिन विरोधस्वरूप १५ मिनेट बहिष्कार गरेर बैठक हलबाट बाहिर निस्कँदै रास्वपाका

रास्वपाले आजको बैठकमा आकस्मिक समयमा बोल्नु पाउनुपर्ने माग राखेको थियो । तर सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्ने कार्यसूची तय भएको भन्दै आकस्मिक समय नरहेको बताउनुभएको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाले करिब आधा घण्टा उठेर बैठक अवरोध गरेको थियो । विरोधकै बीच सभामुख घिमिरेले बैठकको काम कारबाही अगाडि बढाउनु भएपछि रास्वपा सांसदहरु बैठक कक्ष छोडेर बाहिरिएका हुन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button