सोनाम ल्होसारका अवसरमा राक्सिराङमा तीन दिन बिदा
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ ।

तामाङ समुदायको नयाँ वर्षको रूपमा मनाइने सांस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा पालिकाले माघ १६, १७ र १८ गते तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले एक शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसार पर्व हर्षोल्लासका साथ मनाउने मञ्जुश्री संवत् २८६१ डुल लो–सर्व वर्ष ल्हो सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।
अध्यक्ष मल्लद्वारा जारी शुभकामना सन्देशमा माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सोनाम ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना गर्नुभएको छ । साथै सन्देशमा तीन दिन गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैङ्क तथा वित्तीय संस्था बन्द रहने उल्लेख छ ।
राक्सिराङ गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्