तराईमा फेरि चिसो बढ्यो, थप ५ दिन विद्यालय बन्द
'स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरूको आग्रह'
सप्तरी । फेरि चिसो बढ्दै गएपछि सप्तरीको कञ्चनरूप नगरपालिकाले नगर क्षेत्रका विद्यालयहरूमा फेरि ५ दिनका लागि जाडो बिदा थप गरिएको छ ।
तुसारो र शीतलहरूसँगै बढ्दै गएको चिसो मौसमलाई मध्यनजर गर्दै नगरपालिकाले विद्यालयहरूमा फेरि आ देखि ५ दिनका लागि जाडो बिदा थप गरेको हो ।
नगरपालिकाले वर्षे बिदामा कट्टा हुने गरी आज माघ ११ गते शुक्रबारदेखि माघ १५ गते मङ्गलवार सम्म कञ्चनरूप नगरभित्रका सबै विद्यालयहरूमा जाडो बिदा दिएको शिक्षा समितिका संयोजक प्रमोद कटुवालले जानकारी दिनुभयो । यस अघि नगरपालिकाले माघ ४ गते शुक्रबार देखि माघ ९ गते बुधबार सम्म जाडो बिदा दिएको थियो ।
विगत तीन दिनदेखि सप्तरीसहित तराईका जिल्लाहरू दिनभर जस्तो हुस्सु लाग्ने, मौसम धुम्मिने, बिहान देखी बेलुका सम्मै सितलहर पर्ने (पानी परे जस्तो हुने) गरेकाले अत्यधिक चिसो बढ्न थालेको छ ।
यस्तो समयमा सकेसम्म घरैमा बस्ने, तातो खानेकुराहरू खाने, न्यानो कपडाहरू लगाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
हुस्सु लाग्नुका साथै शीतलहर पनि चल्न थालेपछि खासगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूलाई बढी सास्ती भएको छ ।
प्रतिक्रिया राख्नुहोस्