तपाईँ सुन्दै हुनुहुन्छः

चिसो बढेपछि ब्ल्याङकेट बोकेर जेष्ठ नागरिकको घरदैलोमा जनप्रतिनिधि

नवलपरासी, पश्चिम।केही दिनदेखि घाम नलागेको र हुस्सु बढी लागेकाले विपन्न र जेष्ठ नागरिकलाई लक्षित गरी प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधिहरू विपन्न समुदाय र जेष्ठ नागरिकको घरदैलोमा पुगेका छन्।

गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव र उपाध्यक्ष मानकुमारी चौधरी लगायत वडा तहका जनप्रतिनिधिहरू न्यानो लुगा बोकेर गाउँबस्तिमा पुगेका हुन्।

“अत्याधिक चिसो छ, विपन्न र जेष्ठ नागरिकहरू बढी प्रभावित छन्, सक्नेको साथमा सबै हुन्छन्, नसक्नेको साथमा हामी छौं, यो हाम्रो दायित्व हो, सकेको गर्छौं,” अध्यक्ष यादवले भन्नुभयो। विभिन्न वडाहरूमा न्यानो लुगा, कम्बल वितरण गरिएको छ र सबै वडामा आवश्यकता अनुसार न्यानो लुगा वितरण गरिने अध्यक्ष यादवले जानकारी दिनुभयो।

नवलपरासीमा शीतलहर र बाक्लो हुस्सुको कारण जनजीवन प्रभावित बनेको छ। जाडोबाट बच्न केही स्थानीय तहहरूले चोकचोकमा दाउरा ताप्न र न्यानो लुगा वितरणलाई निरन्तरता दिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button