तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा विवाहको भोज खाँदा ६० जना बिरामी

डोटी । डोटीमा विवाहको भोज खाँदा ६० जना बिरामी परेका छन् । जिल्लाको आदर्श गाउँपालिका १ बाँझमा दुलाहा पक्षका ३ र दुलही पक्षका ५७ जना गरी ६० जना विवाहको भोजमा सुजीको हलुवा लगायत अन्य खानाका परिकारहरू खाँदा बिरामी परेका जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । उनीहरू सोही ठाउँ बस्ने नरबहादुर बि।क। की छोरीको विवाहको भोज खाँदा बिरामी परेका हुन् । 

प्रहरीकाअनुसार सुरुमा शनिबार दुलही पक्षका ३ जनालाई ज्वरो आउने, वान्ता हुने र पखालाको समस्या भएको र आज आइतबार दिउँसो दुलही पक्षका ५७ जनाको स्वास्थ्यमा सोही समस्या देखा परेको जनाएको छ । 

आदर्श गाउँपालिका स्वास्थ्य शाखाको टोलीद्वारा बिरामी परेका सबै जनाको स्थानीय स्वास्थ्य चौकी बाँझमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो । बिरामीहरूको रगतको नमुना जिल्ला अस्पताल डोटीमा ल्याई परिक्षण भइरहेको छ । भट्टराईका अनुसार बिरामी सबैको अवस्था सामान्य छ । 

घटनामा प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको कमाण्डमा ७ जनाको टोली खटिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button