हुम्लाका ७ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट, कुन पालिकाको बजेट कति ?

हुम्ला । हुम्लाका ७ वटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक बर्ष २०८३।०८४ का लागि ९ वटै स्थानीय तहले बजेट ल्याएका हुन् । ५ वटा गाउँपालिका रहेको हुम्ला जिल्लामा सबै पालिकाले जनमुखी बजेट ल्याएका छन् ।
सदरमुकाममा रहेको सिमकोटले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन पहिलो प्राथमिकता राख्दै आगामी आर्थिक वर्षका लागि ६४ करोड ९५ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष विजय भण्डारीका अनुसार घर बिमा, नवयुवाका लागि सीप विकास लगायतका कार्यक्रमलाई अघि सारेको छ कुल बजेटमध्ये पुँजीगत तर्फ ६ करोड ९२ लाख ९६ हजार रुपैयाँ र चालुतर्फ ३८ करोड २ लाख ३२ हजार रुपैयाँ चालुतर्फ विनियोजन गरिएको छ ।
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै ३८ करोड ९७ लाख ८८ हजार २१८ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहका अनुसार कुल बजेटमध्ये १९ करोड २० लाख ९६ हजार २१८ रुपैयाँ चालुतर्फ र १९ करोड ७६ लाख ९२ हजार रुपैयाँ पुँजीगततर्फ विनियोजन गरिएको छ । गाउँ सभामा प्रस्तुत बजेटमा विकास निर्माण, सेवा प्रवाह तथा स्थानीय जनताको आवश्यकता सम्बोधनलाई प्राथमिकतामा राखिएको छ ।
खार्पुनाथ गाउँपालिकाले ४९ करोड ९५ लाख ५७ हजार २ यस ८८ रुपैयाँको बजेट तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलका अनुसार २१ करोड ९८ लाख रुपैयाँ पुँजीगत तर्फ र २७ करोड ९७ लाख ५७ हजार २ सय ८८ रुपैयाँ चालुतर्फ विनियोजन गरिएको छ । स्मार्ट गाउँपालिका, रैथाने बाली प्रवद्र्धन तथा माटोका छानामुक्त घर निर्माण कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
त्यसैगरी, ताँजाकोट गाउँपालिकाले ३५ करोड ५७ लाख १० हजार ९६६ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष लालकेश जैसीका अनुसार शिक्षा, स्वास्थ्य, उत्पादन, घर बिमा तथा ‘अध्यक्षसँग नवयुवा’ कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । कुल बजेटमध्ये १८ करोड ५१ लाख १९ हजार ९६६ रुपैयाँ चालु र १७ करोड ५ लाख ९१ हजार रुपैयाँ पुँजीगत तर्फ विनियोजन गरिएको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले पर्यटन, आयआर्जन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै ३५ करोड ३२ लाख १५ हजार ८ सय ८८ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाका अनुसार भूगोलको हिसाबले सबैभन्दा ठुलो तथा जनसङ्ख्याको हिसाबले सबै भन्दा सानो गाउँपालिकामा बजेट पनि सबैभन्दा कम बजेट आएको बताउनु भयो । कुल बजेटमध्ये २१ करोड ५० लाख ९७ हजार रुपैयाँ चालुतर्फ र १३ करोड ८१ लाख १८ हजार ८८८ रुपैयाँ पुँजीगत तर्फ विनियोजन गरिएको छ । बजेटको मुख्य स्रोत संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान रहेको छ ।
मध्ये क्षेत्रमा रहेको सर्केगार्ड गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै ५४ करोड २७ लाख ९४ हजार १२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाका अनुसार आएको बजेटलाई विषयगत समितिमा विनियोजन गरिएको र पनि आवश्यक छलफल पश्चात् बजेट पारित गरिने बताउनु भयो ।
त्यस्तै, चंखेली गाउँपालिकाले ४२ करोड २९ लाख २० हजार ११० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीका अनुसार कुल बजेटमध्ये २३ करोड ९० लाख २७ हजार ११० रुपैयाँ चालुतर्फ र १८ करोड ३८ लाख ९३ हजार रुपैयाँ पुँजीगततर्फ विनियोजन गरिएको छ । गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनु भएको छ ।
सातवटै गाउँपालिकाले उत्पादन वृद्धि, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य तथा आधारभूत पूर्वाधार विकासलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
हिमाली जिल्ला हुम्लाका सातवटै गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि कुल तीन अर्ब १९ करोड ४७ लाख रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् उत्पादन, पर्यटन, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् ।
जिल्लाका सबै गाउँपालिकाले पहिलो पटक एकै दिन गाउँसभाको आयोजना गरी बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन् । यसअघि केही गाउँपालिकाले असार १० गते भन्दा पछि बजेट ल्याएका थिए भने पहिलो पटक सबै गाउँपालिकाले एकैदिन असार १० गते नै बजेट सार्वजनिक गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्