तपाईँ सुन्दै हुनुहुन्छः

कानुन निर्माणबारे प्रमुख चार राजनीतिक दलका नेताहरूबीच छलफल 

काठमाडौँ । कानुन निर्माण, संसदीय काम कारबाही र प्रक्रिया प्रभावकारी बनाउने विषयमा प्रमुख चार राजनीतिक दलका नेताहरूबीच छलफल भएको छ ।

नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबीच छलफल भएको हो ।

नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले संसदीय समितिमा छलफलमा रहेका विधेयकमा साझा धारणा बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

मुख्य सचेतक बर्तौलाले संसदीय काम कारबाहीलाई प्रभावकारी बनाउने र विधेयकमा भएका विषय र विधेयक अगाडी बढाउने प्रक्रियामा एकै ठाउँमा उभिएर प्रभावकारी संयोजन गरेर जाने निष्कर्ष छलफलबाट निस्किएको बताउनुभयो ।

उहाँले हाउसमै र संसदीय समितिमा विधेयक अड्किने तथा ‘५/६ वर्षसम्म विधेयक सदनमा रहने अवस्था तोड्न पहल लिने विषयमा समेत छलफल भएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button