सरकार सात बुँदे समझदारीअनुसार नै अघि बढिरहेको छ : सचिव भट्ट
धनगढी । नेकपा एमालेका सचिव लेखराज भट्टले वर्तमान सरकार प्रमुख दुई (काँग्रेस र एमाले)बीच भएको सात बुँदे समझदारीअनुसार अघि बढिरहेको बताउनुभएको छ ।
आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टले काँग्रेस–एमाले सत्ता गठबन्धन पूरै अवधि चल्ने बताउनुभयो ।
प्रधानमन्त्रीले पार्टी बैठकमा दिनुभएको संविधान संशोधनसम्बन्धी अभिव्यक्तिले सरकार तलमाथि हुँदैन, सत्ता गठबन्धनमा खटपट छैन, प्रधानमन्त्रीले राष्ट्रियसभामा सत्ता गठबन्धनको दुई तिहाइ नरहेको सन्दर्भ जोड्नुभएको हो”, उहाँले भन्नुभयो ।
सचिव भट्टले सरकार राष्ट्रियता, सुशासनका पक्षमा क्रियाशील हुँदा चौतर्फी आक्रमणको प्रयास भइरहेको बताउनुभयो । उहाँले अराजकता, अवसरवादका विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्