स्थानीय उत्पादनको अभावमा मुगुमा भारतीय तरकारी र फलफूल
मुगु । स्थानीय उत्पादनको अभाव हुँदा नेपालको हिमाली जिल्ला मुगु समेत भारतीय तरकारी र फलफूलमा निर्भर हुन परेको छ । स्थानीय उत्पादनको अभाव र सहज आयातको कारणले मुगुमा भारतबाट आयातको तीव्रता बढेको हो ।
भारतबाट ल्याइएका आलु, प्याज, टमाटर, लसुन ,अनार, भिन्टी, हरियो सुखो खुर्सानी सुन्तला केरा लगायतका तरकारी तथा फलफूलहरू बजारमा धेरै बिक्री हुने र माग पनि धेरै हुने गरेको फलफूल तथा तरकारी व्यापारी जुनतारा शाही ले बताउनु भयो ।
यो मौसममा मुगुमा हरियो सागपात बन्दा, गाँजर बाहेक अरू तरकारी नपाइने पनि शाहीले बताउनु भयो ।
मुगुमा हिउँदे सिजनमा हरियो साग, बन्दा बाहेक अन्य तरकारी उत्पादन नहुने भएपछि भारतीय तरकारीको माग बढेको बताइएको छ । स्थानीय बजारमा भारतीय तरकारीको बिक्री वितरणले स्थानीय किसान र उत्पादकमा चुनौती सिर्जना गरेको छ । कृषि जन्य बस्तुहरूको उत्पादनमा वृद्धि गर्न र बाहिरी तरकारीको आयत र उपभोगलाई निरुत्साहित गर्ने तथा स्थानीय कृषकहरूको उत्पादनलाई बढवादिन स्थानीय सरकार र किसानहरू मिलेर काम गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्