‘शिक्षाको क्षेत्रमा निजी तथा आवासीय विद्यालयहरूको भूमिका महत्त्वपूर्ण’
कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले निजी तथा आवासीय विद्यालयहरूले शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
कञ्चनपुरको खुला मञ्चमा एन प्यापसन जिल्ला समितिले आयोजना गरेको १७ औँ खेल महोत्सवको समुद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले निजी तथा आवासीय विद्यालयहरूसँगै सामुदायिक तथा सरकारी सार्वजनिक विद्यालयहरूले पनि आफ्नो गुणस्तरमा सुधार गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
मन्त्री लेखकले निजी विद्यालयका कारण सरकारी तथा सामुदायिक विद्यालयले पनि आफ्नो गुणस्तर सुधारतर्फ लागेकाले सरकारले सबैलाई गुणस्तर शिक्षा दिने वातावरण बनाउने तर निजी क्षेत्रमा हुने विकृतिको अनुगमन गर्ने पनि बताउनुभयो ।
उहाँले वर्तमान सरकारको मुख्य उद्देश्य शान्ति सुरक्षा कायम गर्नु र भ्रष्टाचारको अन्त्य गर्नु रहेको समेत बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्