विभिन्न कार्यक्रम गरी तमु ल्होसार मनाइँदै (फोटो फिचर)

काठमाडौँमा सोमबार गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिले आयोजना गरेको पदयात्रा र्याली वेशभूषामा नृत्य देखाउँदै गुरुङ समुदाय ।
काठमाडौँ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदै छन् ।
‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउने गर्छन् । सो अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।



गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिले आयोजना गरेको पदयात्रा र्यालीमा मौलिक पहिचान झल्किने प्रतिबिम्वको साथमा गुरुङ समुदाय ।





काठमाडौँमा निकालिएको र्यालीमा सांस्कृतिक पहिचान झल्कने जातीय वेशभूषा, रैथाने बाजालगायतका सामग्रीसहित सहभागी हुँदै गुरूङ समुदाय ।
तस्बिर- रासस








प्रतिक्रिया राख्नुहोस्