संसद् गतिविधि कार्यक्रमलाई निरन्तरता दिने सम्झौता
काठमाडौँ । संघीय संसद् सचिवालय र रेडियो नेपालबीच संसद् गतिविधि कार्यक्रमलाई निरन्तरता दिने विषयमा सम्झौता भएको छ ।
कार्यक्रमलाई निरन्तरता दिने सम्बन्धी सम्झौतापत्रमा संघीय संसद् सचिवालयका सह–सचिव निर्मला देवी लामिछाने र रेडियो नेपालका नायव कार्यकारी निर्देशक चन्द्र भुषण लाल दासले हस्ताक्षर गर्नुभयो ।
संघीय संसद् सचिवालयमा आज उक्त सम्झौता पत्र उप–सचिव भोजराज पौडेल र रेडियो नेपालका निर्देशक गोपाल थापाले आदानप्रदान गर्नुभयो ।
सम्झौता कार्यक्रममा सहसचिव लामिछानेले संसद्का गतिविधिहरूलाई आम नागरिकसम्म पुर्याउन रेडियो कार्यक्रम प्रभावकारी देखिएकाले संसद् सचिवालयले प्राथमिकताका साथ रेडियो कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
नायव कार्यकारी निर्देशक दासले आपसी छलफलका आधारमा कार्यक्रमलाई अझ प्रभावकारी बनाइने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्