तपाईँ सुन्दै हुनुहुन्छः

साझेदारी बनको जग्गा अतिक्रमण गरी लगाइएको गाँजा खेती नष्ट

वीरगंज । प्रहरीले पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर-१ सखुवनियामा  साझेदारी बनको जग्गा अतिक्रमण गरी लगाइएको ८ बिगाह क्षेत्रको प्रतिबन्धित लागु औषध गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।

सखुवनियाका छुटाछुटै स्थानमा गरी ८ बिघामा लगाइएका गाँजा खेती प्रहरीले बुधबार नष्ट गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बागेश्वरी तित्रौना र ईलाका प्रहरी कार्यालय एक टाँगाबाट खटिएको प्रहरी टोलिले उक्त गाँजा खेती नष्ट गरेको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरीक्षक बिष्णु हरि घिमिरेले जानकारी दिनुभयो । 

प्रहरीले  विन्दवासिनी, कोईलाभार र बडनिहार साझेदारी वन उपभोक्ता समितिको ८ बिघा जग्गा अतिक्रमण गरी लगाइएको प्रतिबन्धित लागु औषध गाँजा खेती गरेको घिमिरेले बताउनुभयो ।

विशेष सूचनाको आधारमा पुगेको सशस्त्र प्रहरी र ईलाका प्रहरीको टोलीले उक्त गाँजा खेती नष्ट गरेको ईलाका प्रहरी कार्यालय एक टाँगाका प्रहरी वरिष्ठ नायव निरीक्षक यज्ञनन्द प्रसाद साहले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button