दैनिक उपभोग्यवस्तुको कृतिम अभाव सिर्जना नर्गन व्यवसायीलाई आग्रह

बिराटनगर । उधोग वाणिज्य तथा आपुुर्ति राज्यमन्त्री मोती दुुगडले कोरोना भइरस सक्रमणको त्रास देखाएर दैनिक उपभोग्यवस्तुको कृतिम अभाव सिर्जना नर्गन व्यवसायीलाई आग्रह गर्नु भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले बिराटनगर आज आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रममा उहाँले दैनिक उपभोग्य बस्तु खाद्यान्न, औषधी पेट्रोलीयम पदार्थ तथा खाना पकाउने ग्यासको पर्याप्त भण्डारन रहेकको बताउनुभयो ।
बाहिरबाट आउने सबै बस्तुहरुको सरकारले आयात बढाएको र कुुनै पनि संकट आइपरेर सरकारको सबै सयन्त्र तयारी अवस्थामा रहेको भन्दै उपभोक्ताहरुलाई चाहिने भन्दाबढि भण्डारन नर्गन उहाँले आग्रह गर्नुभयो ।
उहाँले छ महिनासम्म पुुग्ने दाल चामल नुुनलगायतका उपभोग्य बस्तुको क्षमता रहेको र त्यतिकै मात्रामा बस्तुहरु आयात भइरहेकाले डराउनुपर्ने आवश्यकता नभएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश न १ का उधोग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुुमार बिश्वासले कोरोन भाइरसको संक्रमण रोकथामका लागि तीन वटै तहको सरकासँग समन्वय गरी प्रदेश सरकारले उच्च सतर्कता अपनाएको बताउनुभयो ।
कार्यक्रमा नेपाल आयाल निगम १ न प्रादेशिक कार्यालयका निमित्त प्रमुख चितरन्जन दासले कार्यालयसँग एक हप्तालाई पुुग्ने पेट्रोलियम पर्दाथ र खाना पकाउने एलपी ग्यासको स्टोक रहेको बताउनुुभयोे । कार्यालयसँग तीन सय किलोलिटर पेट्रोल, आठ सय किलोलिटर डिजेल तथा २० किलोलिटर मटितेल तथा ग्यास बुलेटहरु स्टक रहेको प्रष्ट पार्नुभयो ।
साल्ड ट्रेडिङ कार्यालय बिराटनगरका प्रमुुख राधेश्याम चौधरीले तीन लाख ३३ हजार बोरा नुन तथा दुई लाख ७५ हजार बोरा रासायनिक मल तथा साढे चारसय बोरा चिनी कार्यालयसँग मौजाद स्टक रहेको बताउनुभयो ।
कार्यक्रममा कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.संगित मिश्राले कोरोना भाइरस रोकथामका लागि आजदेखि अस्पतालले छुटै फिवर क्लिनिक सञ्चालनमा ल्याएको र भोलीदेखि तिनवटा आइसोलेसन वेड सञ्चालनाम ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।
औषधि व्यवस्था बिभाग बिराटनगरका प्रमुुख सविन कटेलले रुघा, खोकी तथा ज्वरोमा प्रयोग हुने २६ प्रकारका औषधी उत्पादनका लागि पर्याप्त कच्चा पर्दाथ स्टक रहेकाले औषधीको अभाव नहुने दावी गर्नुभयो ।

मोरङका प्रमुुख जिल्ला अधिकारी मदन भुजेलले दैनिक उपभोग्य बस्तुको पर्याप्त स्टक रहेकाले कालाबजारी नियन्त्रण एंव नियमन्नका लागि प्रभावकारी बजार अनुगमन थालिने बताउनुभयो ।
कार्यक्रमा बिराटनगर महानगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत एकदेव अधिकारी , बाणिज्य कार्यालय बिराटनगर प्रमुुख हिमालय बराल, मोरङ व्यापारसंघका अध्यक्ष प्रकास मुदडा, पुुर्व अध्यक्ष पवन सारडा उपभोक्तावादी संस्थाका अभियन्ता कृष्णप्रसाद भण्डारी मार्सेली, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुुंगेल, ग्यास उपभोक्ता बिक्री संघका अध्यक्ष सरलराज पोखरेल तथा उपभोक्तावादी संस्थाका महेश लोहनीले उपभोग्य वस्तु सहज बनाउन दिगो र भरपर्दो आपुर्ति व्यवस्था र अनुगमन आवश्यक रहेकोमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्