तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा हिमपात (फोटो फिचर)

रेडियो नेपालको कालाजग्रा रिले स्टेसन समेत प्रभावित

बाजुरा । बाजुराको उच्च हिमाली क्षेत्रमा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझ राति देखिनै हिमपात सुरु भएको हो ।

सोमबार बिहानसम्म सदरमुकाम मार्तडी छेउछाउका हिमाली क्षेत्र र ९ ओटै स्थानीय पालिकाका उच्च लेकाली भेगमा हिउँ जमिसकेको छ।

 हिमपात शुरु भएपछि स्थानीय कृषकले लामो खडेरी बाट छुट्कारा मिलेको भन्दै उत्साहित भएका छन् , भने जनजीवन निकै प्रभावित भएको छ।

 हिमपातले गहुँ, जौ ,उवा र हिउँदे  तरकारी खेती राम्रो हुने किसानले विश्वास लिएका छन्। 

हिमपातले बडिमालिका नगरपालिका वडा नम्बर ७ मा अवस्थित रेडियो नेपालको कालाजग्रा रिले स्टेसन समेत प्रभावित भएको त्यहाँ कार्यरत कर्मचारी निराजन कटेलले बताउनुभयो ।हाल रिले स्टेसन भन्दा बाहिर निस्किने अवस्था नभएको उहाँको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button