तपाईँ सुन्दै हुनुहुन्छः

राजविराजमा अस्पतालका कर्मचारी झा झुन्डिएको अवस्थामा मृत फेला

सप्तरी । सप्तरी सदरमुकाम राजविराजमा एक जना अस्पतालका कर्मचारी मृत फेला परेका छन् ।

गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत कर्मचारी सुधीर झाको शव राजविराजस्थित रहेको जिल्ला खेलकुद विकास समितिको हाताभित्र रहेको महेन्द्र क्लबको भवनमा आइतबार फेला परेको हो ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ गोविन्दपुर निवासी अन्दाजी ५० वर्षीय झाको शव आइतबार बिहान क्लब भवनको झ्यालमा घाँटीमा डोरीले बाँधेको र घुँडा खुम्च्याएर उभिएको अवस्थामा फेला परेको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट घटनास्थल पुगेको टोलीले आवश्यक मुचुल्का उठाई पोस्टमार्टमको प्रक्रिया अगाडि बढाएको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

पोस्टमार्टम रिपोर्ट र सिसिटिभी फुटेजका आधारमा घटनाको अनुसन्धान गरिने प्रहरी अधिकारीको बताउनुभयो । यता मृतक झाको परिवार र अस्पताल प्रशासनले कुकुर बोलाएर हत्यारा पत्ता लगाउनुपर्छ भन्दै अहिले बेलुका ५ बजे सम्म शव यथावत् रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button