तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम महोत्सवको तयारी पुरा

धनगढी । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने सुदूरपश्चिम महोत्सव २०८१ को तयारी पूरा भएको छ ।

धनगढीमा आज पत्रकार सम्मेलन गरि सङ्घले भोली मङ्सिर २२ गते शुरु भई पुस २ गतेसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्ने बताउनुभयो । महोत्सवका कृषि, पर्यटन, खानपान लगायतका ५ सय स्टल रहने उहाँले बताउनुभयो । अध्यक्ष कुँवरले महोत्सवको करिब ५ लाखले अवलोकन गर्ने र कुल १५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको बताउनुभयो ।

यसैबिच महोत्सवको टिकट विक्रीबाट प्राप्त रकममध्ये तीन लाख जारी एनपिएलमा सहभागी टिम सुदूरपश्चिम रोयल्सलाई प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button