तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा सभापति रवि लामिछानेलाई एकाबिहानै पोखरा पुर्‍याइयो

चितवन ।  सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एकाबिहानै पोखरा पुर्‍याएको छ । 

चितवनमा बयान लिने काम सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गाडीमा राखेर राति नै पोखरा लगिएको हो  । चितवनका प्रहरी प्रमुख चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले आज ३ बजे स्थलमार्गमार्फत लगिएको र  बिहान ६ बजे लामिछानेलाई पोखरा पु¥याइएको जानकारी दिनुभयो ।  

साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिजो (बुधवार) राति ८ बजेसम्म बयान लिएर सकिएपछि उनलाई  पोखरा लगिएको प्रहरीले जनाएको छ । आज लामिछानेलाई उडानमार्फत पोखरा लगिने तयारी गरिएपनि सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै स्थलमार्ग हुँदै पोखरा पुर्‍याएको प्रहरीले जनाएको छ । बुधबार बयानकै क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए । भीड अनियन्त्रित भएपछि प्रहरीले पानीको फोहोरा , अश्रुग्याँस, लाठी चार्ज समेत गर्नुपरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button