तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा आइटिएफ वर्ल्ड टेनिस टुर जे३० प्रतियोगिता सुरु

पोखरा । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा आइटिएफ वर्ल्ड टेनिस टुर जे३० सर्किट १ र २ सोमबार देखि सुरु भएको छ ।

पोखरा रंगशालाको टेनिस कोर्टमा सञ्चालन भएको पहिलो दिनमा सर्किट वानतर्फ ३५ खेल सम्पन्न भएको सङ्घले जनाएको छ ।

प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गर्दै पोखरामा खेल पर्यटनको अथाह सम्भावना रहेको बताउनुभयो ।

नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले टेनिस खेलले पर्यटकको बसाई लम्ब्याउन समेत भूमिका खेलेको बताउनुभयो ।

कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङ (राजु)को अध्यक्षतामा भएको थियो । मङ्सिर २९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो सर्किट शनिबारसम्म चल्ने छ ।

पहिलो सर्किट अन्तर्गत विभिन्न १० देशका पुरुषतर्फ ७० र महिलातर्फ ३५ गरी १ सय ५ जना प्रतिस्पर्धामा रहेको प्रचार प्रसार समितिका संयोजक प्रिती बरालले बताउनुभयो ।

प्रतियोगितामा नेपालसहित जापान, भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, मङ्गोलिया, बङ्गलादेश र कोरियाका खेलाडीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button