बुद्ध जन्म थलो पर्यटकीय इपि सेन्टरकोरुपमा बिकास गर्न सकिन्छ: मन्त्री पाण्डे
रुपन्देही । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डेले बुद्ध जन्म थलो पर्यटकीय सेन्टरको इपि सेन्टरको रुपमा बिकास गर्न सकिने बताउनुभएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मन्त्री पाण्डेले यहाँ अन्तर्राष्ट्रिय विमानस्थलका केही अप्ठ्यारा छन् तिनलाई चिर्न निकै तत्परताका साथ लागेको बताउनुभयो ।
भैरहवालाई चलायमान गराए पोखरा त्यसै चलायमान हुन्छ मन्त्री पाण्डेले भन्नुभयो, ‘त्यसपछि निजगढ बनाउनुपर्छ भन्ने हुन्छ त्यसपछि फास्ट ट्र्याकको औचित्य सुरु हुन्छ ‘।
कल्चर, नेचरको हिसाबले यो क्षेत्रलाई पर्यटनको इपि सेन्टरको रुपमा विकसित गरि पर्यटन मार्फत देशले फड्को मार्न सकिने मन्त्री पाण्डेको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले बेसिक लेभलका पूर्वाधार छिटो पूरा गर्न आग्रह गर्दै रिजल्ट देखिने हिसाबले पर्यटनको बिकास गर्न सकिने बताउनुभयो ।
लुम्बिनी बिकास कोषका उपाध्यक्ष डाक्टर ल्यारकाल लामाले बौद्धिस्ट देशसँग अन्तर्राष्ट्रिय उडान गर्नका लागि निरन्तर छलफल गरिरहेको बताउनुभयो । अन्तर्राष्ट्रिय उडानका लागि भारतका उच्चस्तरीय व्यक्ति सँग पनि निरन्तर वार्ता गरिरहेको बताउनुभयो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धक प्रताब बाबु तिवारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ५ वटा वायु सेवा कम्पनीले उडान गरिसकेको बताउँदै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई दिएको छुट बैंकक गएर आउने जहाजले छुटको हिसाब गर्दा साढे एघार लाख छुट पाउने बताउनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थलका लागि न्यूनतम पूर्वाधार पूरा गर्न आग्रह गर्दै श्रम स्वीकृत , स्वास्थ्य परिक्षण र मेन पावरका शाखा रुपन्देहीमै ल्याउन मन्त्रीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा रुपन्देही जिल्लाका समन्वय प्रमुख उमाकान्त चपाइ, बुटवल उप-महानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खांन,सिद्धार्थ होटेल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ९सिपी०, नेपाल टुर एन्ड ट्राभल एजेन्ट एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापा, भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष विजय सागर लगायतले मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्