क्रिकेट मैदानलाई साउथ एसियाकै खेल मैदानमा परिणत गर्नुपर्छ: मन्त्री चौधरी
रुपन्देही । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सिद्धार्थ क्रिकेट रंगशाला अनुगमन गर्दै साउथ एसियाकै खेलमैदानको रुपमा नेपालको क्रिकेट मैदानलाई बिकास गर्नुपर्ने बताउनुभएको छ ।
रूपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालाको अनुगमन गर्दै मन्त्री चौधरीले पाकिस्तान, भारत लगायत साउथ एसियाको खेलमैदानको रुपमा नेपालका क्रिकेट मैदानलाई बिकास गर्न सकिने बताउनु भएको हो । मन्त्री चौधरीले अहिले दुबइमा भएको साउथ एसियाको खेललाई नेपालका मैदानहरू स्तरोन्नति गरि नेपालमा खेल्ने वातावरण गराउनु पर्ने बताउनु भयो ।
आफ्नो कार्यकालमा भैरहवाको खेलमैदानलाई बिकास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, नेपाल क्रिकेट संघका पूर्व केन्द्रिय सचिव प्रशान्त बिक्रम मल्ल, सिद्धार्थ नगरनगरपालिका मेयर इस्तियाक अहमद खान लगायतले सिद्धार्थ क्रिकेटको रंगशालाको विकासमा मन्त्रालयले पर्याप्त बजेट बिनियोजन गर्न आग्रह गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्