तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी सुदृढीकरणमा जुट्न काँग्रेस महामन्त्री थापाको आग्रह

चौतारा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै नेता तथा कार्यकर्ताहरूलाई आपसी गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न आग्रह गर्नुभएको छ ।

file photo

जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको कार्यालय बिपी अध्ययन केन्द्र भवनको उद्घाटन तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला र सिन्धुपाल्चोकका पूर्व सभापति द्वय स्व रोहिणीराज सिग्देल र स्व विकास लामाको सालिक अनावरण कार्यक्रममा महामन्त्री थापाले गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जाने निश्चित रहेको बताउनुभयो ।

महामन्त्री थापाले राज्यले कृषि क्षेत्रमा लगानी बढाउने गरी नीति अघि सार्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले वैदेशिक रोजगारीले जीविकोपार्जन मात्रै भइरहेको बताउनुहुँदै कृषि क्षेत्रको विकास नभई देश समृद्ध नबन्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button