तपाईँ सुन्दै हुनुहुन्छः

सबै धार्मिक सम्पदाहरूलाई पर्यटन सर्किटमा जोड्छौँ : मुख्यमन्त्री आचार्य 

रुपन्देही। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशको लक्ष्य पूरा गर्न धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा विशेष ध्यान दिएको बताउनु भएको छ । 

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका-१२ मा रहेको  मुक्तिनाथ धाममा पुग्नु भएका मुख्यमन्त्री आचार्यले ऐतिहासिक महत्त्व बोकेका धाम तथा मठ मन्दिरको संरक्षण, संवर्द्धन र विकासका लागि प्रदेश सरकारले योजना निर्माण गरेर अघि बढ्ने बताउनु भएको हो । प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउने आधार पर्यटन क्षेत्र हो । 

हामी कहाँ भएका सम्पदाहरूलाई पर्यटनसँग जोडेर अघि बढेका छौँ उहाँले भन्नुभयो लुम्बिनीका १२ जिल्लामा रहेका सम्पदाहरूलाई पर्यटन सर्किट मार्फत जोड्छौँ । लुम्बिनी प्रदेश भ्रमणमा आउने भारतीय पर्यटकहरूलाई लक्षित गरेर सिमानामा एकिकृत जाँच मार्फत सहज आवागमनका लागि प्रदेश सरकारले प्रक्रिया अघि बढाएको, ठाउँ ठाउँमा हुने पटके जाँचलाई घटाउने र पर्यटनमैत्री बनाउने योजना सरकारले अघि बढाएको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो । 

प्रदेश सरकारले यस बर्ष घुमौँ बर्दियाको अभियान समेत थाल्ने योजनामा छ । मुख्यमन्त्री आचार्यले धाममा पूजा अर्चना समेत गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button