एनपीएल : फ्रेन्चाइज टोलीलाई निगरानी गर्न सेक्युरिटी अफिसर खटाइने
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो मङ्सिर १६ गतेदेखि हुने नेपाल प्रिमियर लिग–एनपीएलमा सहभागी हुने फ्रेन्चाइज टोलीलाई निगरानी गर्न २४ घण्टै सेक्युरिटी अफिसर खटाउने भएको छ ।
सोमबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै क्यानका सचिव पारस खड्काले ८ वटै फ्रेन्चाइजसँग एक एक जना सेक्युरिटी लायजन अफिसर खटिने जानकारी दिनुभयो ।
नेपाल प्रहरीका आइजिपीसँग कुराकानी गरेर हरेक फ्रेन्चाइजसँग २४ घण्टै सेक्युरिटी लायजन अफिसर रहने व्यवस्था गरेकोले नेपाल प्रहरीले क्रिकेट बुझेका अधिकृतहरू खटाउने गरि सल्लाह भएको पनि सचिव खड्काले बताउनुभयो ।
गत वर्ष आयोजना भएको नेपाल टी–२० फिक्सिङ विवादमा परेको थियो ।







प्रतिक्रिया राख्नुहोस्