सल्यानमा ३ करोड बढीको खोटो निकासी
दिपक शर्मा, सल्यान । सल्यानमा आर्थिक वर्ष २०७५–०७६ मा ३ करोड भन्दा बढिको खोटो निकासी भएको छ ।
जिल्लाका विभिन्न सामुदायिक वनले संकलित खोटोबाट तीन करोड ६० लाख रुपैयाको खोटो निकासी गरेका हुन् ।
सल्यान जिल्लामा प्रतिटिन २ सय ४ रुपैयाका दरले आर्थिक वर्ष २०७५–०७६ मा १ लाख ५० हजार टिन खोटो निकासी भएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख थिर बहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्