नेपाल–चीन सीमावर्ती क्षेत्रमा उच्चस्तरीय बैठक बस्दै
बझाङ । नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले बझाङ र हुम्लाको सीमानजिक दुवै देशका अधिकारीहरूबिच उच्चस्तरीय बैठक बस्ने भएको छ ।
यही कार्तिक २८ र २९ गते अर्थात् यही १३ र १४ नोभेम्बरमा चीनको पुलान काउन्टीमा बस्ने बैठकमा नेपाल र चीनका सीमावर्ती क्षेत्रका प्रमुखहरूको सहभागिता रहने बताइएको छ ।
चिनिया पक्षबाट डिन्जुप्राम काउन्टीको सीपीसी समितिका उपसचिव तथा सरकार प्रमुख, काउन्टी स्थायी समिति सचिव ओ टीप्पर्ण, सार्वजनिक सुरक्षा ब्यूरो निर्देशक निरीक्षक जनरल र जे पाउलिन, अध्यागमन तथा सीमा नियन्त्रण प्रमुख लगायत उच्च अधिकारीहरू बैठकमा सहभागी हुनेछन् । नेपालतर्फबाट भने सीमा जोडिएका बझाङको साइपाल र सुर्मा गाउँपालिका, दार्चुलाका ३ वटा पालिका र हुम्लाका ४ वटा पालिकाका प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ ।
बैठकमा दुवै देशबीचको व्यापार, पर्यटन, पूर्वाधार विकास, सीमा सुरक्षा, सहयोग आदानप्रदान, पालिकालाई सहयोग गर्ने र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा व्यापक छलफल हुने साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्