कक्षा ११ र १२ अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षा हुने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ का विभिन्न विषयमा अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षाको व्यवस्था गरेको छ ।
अन्तिम पटकका लागि कक्षा ११ र कक्षा १२ का विभिन्न विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका हुन् । त्यसका लागि बोर्डले अनुत्तीर्ण विद्यार्थीहरूलाई फाराम भर्न आह्वान गरेको छ ।
रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ को लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एक पटकका लागि ग्रेड प्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीहरूले आगामी मङ्सिर २७ गतेसम्म सम्बन्धित विद्यालयमार्फत आवेदन फारम भर्नुपर्ने छ ।
पुरानो ग्रेडिङ प्रणाली अनुसार डी र ई ग्रेड प्राप्त गर्न नसकेको विषयमा मात्र आवेदन फाराम भर्नुपर्ने बोर्डले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्