रुखबाट लडेर वृद्धको मृत्यु
सर्लाही । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ बुढाथोकी टोलमा एक वृद्धको रुखबाट लडेर मृत्यु भएको छ।
७२ वर्षीय छत्र बहादुर कार्की इपिलको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर गम्भीर घाइते हुनुभएको थियो । प्रारम्भिक रूपमा उहाँलाई स्थानीय मेडिकलमा उपचार गरिएको थियो। थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा लगिएको थियो ।
उपचारकै क्रममा करिब १६:१५ बजे कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्