बर्दघाटमा भेटियो १५ फुट लामो २२ किलोको अजिङ्गर
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ८ मा अजिङ्गर फेला परेको छ । स्थानीय विष्णु कुमारी चौधरीको घरमा भेटिएको अजिङ्गरको करिब १५ फुट लम्बाई २२ किलो तौल रहेको उद्धारकर्मीले जनाएका छन् ।
अजिङ्गरको बर्दघाट नगरपालिकाका सर्प उद्धारकर्मी दुर्गा लामिछानेले उद्धार गर्नु भएको हो । केही दिनअघि मात्रै बर्दघाटमा राज गोमन फेला परेको थियो ।पछिल्लो समय दिनानुदिन बर्दघाट क्षेत्रमा गोमन, करेत, रसेल्स भाईपर र अजिङ्गर प्रजातिका सर्पहरू फेला पर्ने क्रम बढ्दो छ । उद्धारपछि उक्त अजिङ्गरलाई निकुञ्ज परिसरमा छोडिएको छ ।
हाल सम्म झन्डै ३ सय सर्पको उद्धार गरिसकिएको उद्धारकर्ता लामिछानेको भनाई छ । सर्प उद्धार सँगै आम नागरिक सर्पदङ्सको जोखिम बाट समेत बचेका छन् ।उद्धारकर्मी लामिछाने सँगै स्थानीय युवाहरूले पनि सर्प पर्यावरणका लागि आवश्यक छ भन्ने जनचेतना समेत जगाउँदै आइरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्