तपाईँ सुन्दै हुनुहुन्छः

बहुबर्षिय र क्रमागत आयोजनाको भुक्तानीमा समस्या छैन : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गत वर्षको दायित्व भुक्तानी सुरु भएको बताउनुभएको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिहरुसंग सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा बहुबर्षिय र क्रमागत आयोजनाको भुक्तानी सुरु गरिएको जानकारी दिनुभयो ।

संघीय सरकारले वित्तीय समानिकरण अनुदान नपठाउँदा प्रदेशमा दायित्व थपिएको, निर्माण व्यवसायीले पनि समयमा काम सम्पन्न नगर्दा जटिलता उत्पन्न भएको उहाँले उल्लेख गर्नुभयो ।

निर्माण व्यवसायीले इमानदारी भएर काम सम्पन्न गर्नुपर्ने, समयमा काम सम्पन्न नगर्ने व्यवसायीलाई कानुन अनुसार दण्डित गरिनेबारे पनि मुख्यमन्त्री आचार्यले स्पष्ट पार्नुभयो । संघीय सरकारले गत वर्ष दुई अर्ब १० करोड समानिकरण अनुदान नपठाउँदा समस्या परेको छ । योजना कार्यान्वयन गरेको आधारमा जेठ महिनाभित्र भुक्तानी लिन समेत उहाँले आग्रह गर्नुभयो ।

नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रिय अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीले भोगेका समस्याहरू समाधान गर्ने गरी प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । भुक्तानी रोकिएको बारेमा ध्यानाकर्षण गराउँदै छिटो भुक्तानीको लागि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button