मधेश प्रदेश प्रमुख समक्ष लोकसेवा आयोगको पाँचौँ प्रतिवेदन पेश
जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष मधेश प्रदेशका प्रदेश लोकसेवा आयोगले आर्थिक वर्ष २०८०–२०८१ मा सम्पादन भएको कार्य सहितको विवरण समेटिएको पाँचौँ वार्षिक प्रतिवेदन आज पेश गरेको छ ।

मधेश प्रदेश लोक सेवा आयोगका अध्यक्ष शिवराम यादवले प्रदेश प्रमुखको सचिवालयमा आयोजित विशेष कार्यक्रमबीच वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।
प्रतिवेदन ग्रहण गर्दै मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कर्मचारीको छनौट, बढुवा सहितको कार्यमा प्रदेश लोकसेवा आयोगले खेलेको भूमिकाको प्रशंसा गर्दै लोकसेवा आयोगले काम गर्दा सामना गर्नुपरेको कठिनाइका विषयमा सरकारको ध्यानाकर्षण गर्ने बताउनुभयो ।
स्थानीय तहको कर्मचारी सम्बन्धि ऐन बने पनि समयमा नियमावली नबनेका कारणले स्थानीय तहमा कर्मचारीको पदपूर्तिसम्बन्धी काम प्रदेश लोकसेवा आयोगले अगाडी बढ्न नसकेकाले नियमावली चाँडो ल्याउन प्रतिवेदनमा आग्रह गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्