ट्र्याक्टरको ठक्करबाट बालिकाको मृत्यु
बर्दिबास । महोत्तरीमा ट्र्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको गौशाला नगरपालिका–३, ईट्टारमा ट्र्याक्टरले ठक्कर दिँदा स्थानीय रामकरण महतोकी ९ वर्षीया छोरी जिया सिंहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
साइकलमा विद्यालय जाँदै गरेकी बालिकाको दुर्घटनामा मृत्यु भएको हो । बालिका स्थानीय श्री जनता आधारभूत विद्यालय ईटाटारमा कक्षा ३ अध्ययनरत थिइन् ।
ट्र्याक्टर चालक फरार रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्