तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको निधन

सुर्खेत । सवारी दुर्घटनामा परी घाइते हुनु भएका हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी रत्नराजमार्ग अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिका–५, एमाले मोडमा दुर्घटना हुँदा उपाध्यक्ष कार्की घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कार्कीलाई दुर्घटना लगत्तै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज अस्पतालमा लगिएको थियो । उपचारका क्रममा करिब राति दुई बजे उहाँको निधन भएको प्रहरीको भनाइ छ । उहाँ नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा गएको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button