तपाईँ सुन्दै हुनुहुन्छः

ललितपुरको कुम्भेश्वरमा आगलागी

ललितपुर । ललितपुरको कुम्भेश्वरस्थित एउटा  घरमा आगलागी भएको छ । कुम्भेश्वर बङ्गलामुखी मन्दिरको पूर्वतर्फ रहेको अजिरमान बज्राचार्यको घरमा आज आगलागी भएको हो । 

ललितपुरका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार बज्राचार्यको तीन तले घरमा लागेको आगो नियन्त्रणमा आएको छ । आगो निभाउन ललितपुर, भक्तपुर र काठमाडौँका ६ दमकल प्रयोग गरिएको थियो । “क्षतिको एकीन विवरण आइसकेको छैन”, उहाँले भन्नुभयो ।

ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले ग्यास लिक भएर आगलागी भएको जानकारी दिनुभयो । सो क्षेत्रमा आज मेला लाग्ने भएकाले पुरी, तरकारी बनाउने क्रममा ग्यास चुहिएर आगलागी भएको हुनसक्ने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button