तपाईँ सुन्दै हुनुहुन्छः

भेडेटार-रवि-राँके सडक दैनिक साँढे ७ घण्टा बन्द हुने

धनकुटा । भेडेटार रवि राँके सडक अन्तरगत भेडेटार राजारानी सडकखण्ड आइतबारदेखि दैनिक साढे ७ घण्टा बन्द हुने भएको छ ।

भेडेटार रवि राँके सडक आयोजनाले सूचना प्रकाशित गर्दै शुक्रबारदेखि सडक कटानको काम नसकिएसम्म दिनमा ४ पटक गरि साँढे ७ घण्टा बन्द हुने जनाएको छ ।

उक्त सडक खण्डमा पर्ने डाँडा बजार क्षेत्रमा भित्ता कटिङको काम गर्न सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । निकै अग्लो भिर कटिङ गर्नुपर्ने र त्यो काम गर्ने बेला आउनसक्ने जोखिमलाई मध्यनजर गरी सडक बन्द गरिएको निर्माणको जिम्मा पाएको भारतको एप्को इन्फाटेक कम्पनीका इन्जिनियर आनन्दकुमार यादवले जानकारी दिनुभयो ।

आयोजनाका अनुसार बिहान ७ देखि साँढे ९ बजेसम्म, बिहान साँढे १० देखि १ बजेसम्म, दिउँसो साढे २ देखि साँढे ४ बजेसम्म र साँझ ५ देखि ६ बजेसम्म सडक बन्द रहने भएको छ । सडक बन्द रहेको बेला अत्यावश्यक सेवाका एम्बुलेन्स, सुरक्षा निकाय, दमकल लगायतका सवारी साधन पनि जोखिमको कारणले सञ्चालन गर्न रोक लगाइएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख जीवन कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button