तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा ढुङ्गा लागेर १४ बर्षिया बालिकाको मृत्यु

बाजुरा।बाजुरामा माथी बाट डोजरले खसालेको ढुङ्गा लागेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ जाेरुका नन्दे कुमालकी १४ बर्षिया छोरी आकाशी कुमालको ढुङ्गा लागेर मृत्यु भएको हाे ।

गाउँपालिकामा निमार्ण भइरहेको गोरु, गोठीगाउँ सडक खण्डकाे ७ सय मिटर टाढा गोरु चराउन गएका बेला डोजरले खनिरहेको ढुगां खसेर बालिका घाइते भएकी थिइन् ।

घाइते भएकी बालिकालाई उपचारका लागि काेल्टी अस्पतालमा ल्याइएको र उपचारकै क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दिलीप कुमार गिरीले बताउनुभयो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button