तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा खोलामा डुबेर बालकको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित खेदोक खोलामा डुबेर ११ वर्षीय दिप राईको ज्यान गएको छ ।

फालेलुङ–५ प्राङ्बुङमा रहेको कालिका माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत राई स्कुल जान्छु भनि घरबाट निस्किएका थिए । पेन्ट र पेटी मात्र लगाइ डुबिरहेको अवस्थामा बुधबार अपराह्न राईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक बिनालाल शाह तेलीले जानकारी दिनुभयो ।

नुहाउन पुगेका स्थानीयहरूले उनको शव देखेपछि प्रहरीलाई खबर गरि शवलाई निकालिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button