तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा परेर अधिकृतको मृत्यु भएपछि शुक्लाफाँटा नगरपालिकामा आज शोक बिदा

कञ्चनपुर । दुर्घटनामा परेर अधिकृतको मृत्यु भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज बिहीबार शोक बिदा गरेको छ । शुक्लाफाँटा नगरपालिकामा कार्यरत अधिकृत रुद्र बहादुर ओलीको बुधबार साँझ मोटरसाइकल दुर्घटनाका कारण असामयिक निधन भएको प्रति दुःख व्यक्त गर्दै आज एक दिन शोक बिदा गरिएको नगर प्रमुख रण बहादुर महराले जानकारी दिनुभयो ।

बुधबार साँझ कञ्चनपुरको महेन्द्रनगरस्थित भाँसीमा म १ प ११४५ र म २ प ७६७१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ बन समिति बस्ने अधिकृत रुद्र बहादुर ओलीको मृत्यु भएको हो । दुर्घटनामा परेर घाइते हुनु भएका अर्को मोटरसाइकलका चालक भीमदत्त नगरपालिका वडा नम्बर ६ बस्ने ५२ वर्षीय हरिदत्त जोशीको उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button